+

लिग २ क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै

२०८३ साउन  ११ गते ८:१२ २०८३ साउन ११ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ ।
  • खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे युट्रेक्टमा सुरु हुनेछ ।
  • घाइते नन्दन यादवको स्थानमा हेमन्त धामी टोलीमा आउने सम्भावना छ ।

११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । नामिबियाले पनि आफ्नो तेस्रो खेल नै खेल्न लागेको हो ।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ ।

लिग २ अंकतालिकामा हाल नेपाल र नामिबिया दुवैको ३० खेलबाट समान २४ अंक छ । नेट रन रेटका आधारमा नेपाल पाँचौं स्थानमा छ भने नामिबिया सातौं स्थानमा छ ।

लिग २ को शीर्ष ४ मा पर्नका लागि संघर्ष गरिरहेको नेपाललाई आजको सहित अब बाँकी सबै खेल ‘गर या मर’ जस्तो बनेको छ ।

शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

जारी शृङखलामा नेपाल र नामिबिया दुवैलाई हराइसकेको नेदरल्यान्ड्स ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ ।

पहिलो खेलका दौरान ह्यामस्ट्रिङको चोट बोकेका पेस बलर नन्दन यादव अब बाँकी खेलका लागि उपलब्ध हुने छैनन् । उनको स्थानमा हेमन्त धामी आउने सम्भावना छ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय