News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिग (एनभीएल) को अक्सन ललितपुरस्थित रोयल टुलिपमा जारी रहेको छ ।
- अक्सनको क्याटगोरी ‘ए’ बाट २४ खेलाडी ६ टोलीमा समान ४ जनाका दरले अनुबन्ध भएका छन् ।
- मिडलब्लकरद्वय चिरन खड्का काठमाडौं रेड्स र सनोज चौधरी कर्णाली शिवराजमा लक्की ड्रमार्फत अनुबन्ध भएका छन् ।
१० साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन जारी छ । ललितपुरस्थित रोयल टुलिपमा जारी अक्सनमा क्याटगोरी ‘ए’ बाट २४ खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन् ।
प्रत्येक टोलीले समान ४ खेलाडी क्याटगोरी ‘ए’ बाट भित्राएका हुन् । अब क्याटगोरी ‘बी’ बाट १८ खेलाडी एनभीएलका लागि अनुबन्ध हुनेछन् ।
क्याटगोरी ‘ए’ बाट मिडलब्लकरद्वय चिरन खड्का र सनोज चौधरी सबै ६ टोलीले बोली लगाउने खेलाडी बने ।
सबै टोलीले अनुबन्ध गर्न चाहेका चिरन लक्की ‘ड्र’मार्फत काठमाडौं रेड्स र सनोज कर्णाली शिवराजमा अनुबन्ध भए ।
यी हुन् क्याटोगरी ‘ए’बाट अनुबन्ध हुने खेलाडीहरू
राजेन्द्र धामी–अन्नपूर्ण स्पाइकर किङ्स–एक लाख २० हजार
सरोज बर्देवा–खप्तड फाल्कन्स–एक लाख २० हजार
राजन थापा–मधेश वारियर्स–एक लाख
निर्पध्वज बस्नेत–कर्णाली शिवराज– एक लाख २० हजार
सुवाश कुँवर–सगरमाथा स्म्यासर्स– एक लाख २० हजार
सन्तोष राई– काठमाडौं रेड्स– एक लाख २० हजार
सन्तोष विक– काठमाडौं रेड्स– एक लाख २० हजार
सुरेन्द्र खत्री– अन्नपूर्ण स्पाइकर किङ्स– एक लाख २० हजार
विनोद चन्द–कर्णाली शिवराज– एक लाख २० हजार
धनबहादुर भट्ट– मधेश वारियर्स– एक लाख २० हजार
विपश थापा–खप्तड फाल्कन्स–एक लाख
सुरज चुनारा–कर्णाली शिवराज– एक लाख २० हजार
चिरञ्जीवी खड्का– काठमाडौं रेड्स– एक लाख २० हजार
रामविनय यादव–मधेश वारियर्स–एक लाख
रवि केसी–अन्नपूर्ण स्पाइकर किङ्स– एक लाख
प्रेम प्रसाद गौतम– खप्तड फाल्कन्स–एक लाख २० हजार
सनोज चौधरी–कर्णाली शिवराज–एक लाख २० हजार
सन्तोष महता– मधेश वारियर्स– एक दाख २० हजार
विश्वास अधिकारी– अन्नपूर्ण स्पाइकर किङ्स– एक लाख
बलदेवसिंह धामी–काठमाडौं रेड्स–एक लाख
इन्द्र विक–खप्तड फाल्कन्स–एक लाख
भीम गाहा–सगरमाथा स्म्यासर्स–एक लाख
रुपेन्द्र नेपाली–सगरमाथा स्म्यासर्स–एक लाख
दीपकराज जोशी–सगरमाथा स्म्यासर्स–एक लाख
प्रतिक्रिया 4