+
नेपाल भलिबल लिग :

नेपाल भलिबल लिगको अक्सन आज

२०८३ साउन  १० गते ६:५८ २०८३ साउन १० गते ६:५८

केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको पुरुष भलिबल लिगको लागि आज अक्सन हुन लागेको हो । ६ टोली सहभागि हुने लिग भदौ दोस्रो साता सुरु हुनेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि आज काठमाडौंमा खेलाडीहरूको अक्सन हुँदैछ ।
  • लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले सर्टलिस्टमा परेका १२९ खेलाडीमध्येबाट आफ्नो टिमका लागि ७-७ खेलाडी अनुबन्ध गर्नेछन् ।
  • प्रतियोगिता भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने तय भएको छ ।

१० साउन, काठमाडौं । नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग, नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आज हुँदैछ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको पुरुष भलिबल लिगको लागि आज अक्सन हुन लागेको हो । एनभीलको पहिलो संस्करण भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा  हुने तय छ ।

नेपाली भलिबलको इतिहासमा यो दोस्रो अक्सन हुनेछ । यसअघि गत वर्ष महिला फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणअघि अक्सन भएको थियो ।

एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल भलिबल लिगको अक्सनका लागि आयोजकले १२९ खेलाडीको नाम सर्टलिस्ट गरेको छ ।

ती खेलाडीलाई दुई क्याटेगोरीमा राखेर अक्सन गरिने आयोजकले जनाएको छ । क्याटेगोरी ए मा ५६ र क्याटेगोरी बी मा ६३ खेलाडी छन् ।

एनभीएलमा सहभागि ६ फ्रेन्चाइजले अक्सनबाट ७-७ खेलाडी आफ्नो टिममा अनुबन्ध गर्नेछन् । जसमा क्याटेगोरी ए बाट ४ र क्याटेगोरी बी बाट ३ खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।

यसअघि नै हरेक टिमले मार्की खेलाडी अनुबन्ध गरिसकेका छन्  । सगरमाथा स्म्यासर्सले हरिहजुर थापा, मधेश वारियर्सले रविन नगरकोटी, काठमाडौं रेड्सले सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्सले हिमाल सुनारी, कर्णाली शिवराजले पहल गहतराज र खप्तड फाल्कन्सले धिरज बस्नेतलाई मार्की प्लेयर बनाएको छ ।

अक्सनमा क्याटोगरी ए का खेलाडीको लागि न्युनतम मूल्य एक लाख र अधिकतम एक लाख २० हजार तोकिएको छ । क्याटोगरी की को लागि न्युनतम मूल्य ५० हजार र अधिकतम ७० हजार कायम गरिएको छ ।

एनभीएलमा हरेक टोलीमा १२-१२ खेलाडी हुनेछन् । जसमा मार्कीसहित ९ खेलाडी नेपाली हुनेछ भने ३ विदेशी खेलाडी अनुबन्ध गर्न सकिनेछ । यस्तै हरेक टिमले ट्यालेन्छ हन्टबाट एक खेलाडी राख्नुपर्नेछ ।

अक्सन एनभीएल नेपाल भलिबल नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय