News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।
- लगातार तीन खेलमा पराजय भोगेको नेपाल हालसम्म जितविहिन छ भने पाकिस्तान तीन खेल जितेर ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
- सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्न नेपालले लिग चरणका बाँकी दुई खेलमा उज्वेकिस्तान र बंगलादेशविरुद्ध जित हासिल गर्नुपर्ने दबाब रहेको छ ।
काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।
च्याम्पियनसिपमा नेपालको यो लगातार तेस्रो हार हो ।
इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई २५-१४, २५-१८, २५-१० ले पराजित गरेको हो ।
एफआईभिबी वरियतामा नेपाल भन्दा धेरै माथि रहेको पाकिस्तान विरुद्ध नेपालले कुनै पनि सेटमा दबाब सिर्जना गर्न सकेन ।
लगातार तेस्रो खेल जितेको पाकिस्तान ९ अंकसहित शीर्ष स्थानमा छ ।
नेपाल भने लगातार तीन खेल हार्दै जितविहिन छ । नेपाल पहिलो खेलमा कजाखस्तान र श्रीलंकासँग पाँच सेटमा पुगेर पराजित भएको थियो ।
शुक्रबारै भएको अन्य खेलमा बंगलादेशले कजाखस्तानलाई ३-२ सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको छ । यस्तै उज्वेकिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराउँदै दोस्रो जित दर्ता गरेको छ ।
नेपालले अब लिग चरणमा बंगलादेश र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले आइतबार बंगलादेश र सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा शनिबार हुनै खेल हुने छैन ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि रहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाललाई सेमिफाइनल पुग्नका लागि अब बाँकी दुई खेल जित्नैपर्ने अवस्था छ ।
प्रतिक्रिया 4