News Summary
Generated by OK AI. Editorially reviewed.- सहिद स्मारक लिगका २१ क्लबले एन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाको निलम्बन तत्काल फुकुवा गर्न माग गरेका छन् ।
- क्लबहरूले जारी गरेको विज्ञप्तिमा निलम्बनका कारण हजारौँ खेलाडी, प्रशिक्षक र निर्णायकहरू प्रभावित भएको उल्लेख छ ।
- उनीहरूले एन्फाको निर्वाचन प्रक्रिया सुरु गर्न र रोकिएका राष्ट्रिय तथा महिला लिग प्रतियोगिताहरू यथाशीघ्र सञ्चालन गर्न सरकारलाई दबाब दिएका छन् ।
८ साउन, काठमाडौं । सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता हुनुपर्ने माग गरेका छन् ।
२१ क्लबहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निलम्बनले हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू नराम्रोसँग प्रभावित भएको बताएका छन् ।
फिफाबाट निलम्बन भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको क्लबको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनीहरुले एनफाको निर्वाचन तत्काल गर्न समेत माग गरेका छन् ।
यस्तै रोकिएका राष्ट्रिय लिग, महिला लिग, यु १८ लिग फुटबल प्रतियोगिता लगायत प्रतियोगिताहरु तत्काल प्रारम्भ गर्नसमेत उनीहरूको माग छ ।


प्रतिक्रिया 4