+
काभा पुरुष भलिबल च्याम्पियनसिप :

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले आज पाकिस्तानको सामना गर्दै

२०८३ साउन  ८ गते ८:२१ २०८३ साउन ८ गते ८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
  • इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
  • प्रतियोगितामा दुवै खेलमा पराजित नेपाल हाल २ अंकसहित छैटौं स्थानमा छ भने अपराजित पाकिस्तान ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

८ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

यसअघि नेपाल र पाकिस्तानबीचको खेल अपरान्हा ४:१५  बजे हुने तय थियो । तर शुक्रबारको प्रेयरको कारण खेलको समयमा परिवर्तन भएको आयोजकले जनाएको छ ।

शुक्रबारै उज्वेकिस्तान र श्रीलंकाबीच पहिलो तथा बंगलादेश र कजाअस्तानबीच दोस्रो खेल हुनेछ ।

पाकिस्तानले यसअघि लगातार दुई खेल जितेको थियो । ६ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । नेपाल भने सुरुवाती दुई खेलमा पाँच सेटमा पुगेर पराजित भएको थियो ।  प्रतियोगितामा जितविहिन एक मात्र टिम नेपाल २अंकसहित छैटौं स्थानमा छ

नेपाल पहिलो खेलमा कबजाअस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो । यस्तै श्रीलंका विरुद्ध पनि जित नजिक पुगेर पनि नेपाल पाँचौ सेटमै पराजित भयो ।

श्रीलंकासँग हारपछि नेपाल एफआईभिबी वरियतामा ८७औं स्थानमा झरेको छ । लगातार दुई खेल जितेको पाकिस्तान ४५औं स्थानमा उक्लेको छ । एसियाली टिमहरु मध्ये पाकिस्तान नवौँ र नेपाल २१औं स्थानमा छ ।

एफआईभिबी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल एफआईभिबी विश्व वरियतामा समावेश भएको थियो ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि च्याम्पियनसिपमा हरेकले एकआपसमा खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

COVER PHOTO: FB/CAVA

काभा पुरुष भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय