+

एनभीएलको अक्सन आइतबार हुँदै, १२९ खेलाडी सहभागी हुने

२०८३ साउन  ८ गते १३:४२ २०८३ साउन ८ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि आइतबार खेलाडी अक्सन हुँदैछ ।
  • अक्सनका लागि एक सय २९ जना खेलाडीले नाम दर्ता गराएको एनभीएलले जनाएको छ ।
  • प्रतियोगिता भदौ १२ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन हुने तालिका छ ।

८ साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार हुँदैछ । आगामी भदौ १२ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनभीएलको अक्सन आइतबार हुन लागेको हो ।

अक्सनका लागि १२९ खेलाडीले नाम दर्ता गराएको एनभीएलका हेड अफ अपरेसन पुजन थापाले जानकारी दिए । उनकाअनुसार क्याटोगरी ‘ए’ मा ५६ र ‘बी’ मा ७३ जनाले नाम दर्ता गराएका छन् ।

६ फ्रेन्चाइच टोली सहभागी एनभीएलमा प्रत्येक टोलीले अक्सनबाट ७–७ खेलाडी अनुबन्ध गर्नेछन् । जसमा क्याटोगरी ‘ए’ बाट ४ जना र ‘बी’ मा ३ खेलाडीलाई टोलीमा अनुबन्ध गर्नुपर्नेछ ।

क्याटोगरी ‘ए’ का खेलाडीका लागि न्युनतम एक लाख र अधिकतम एक लाख २० हजार तोकिएको छ । क्याटोगरी ‘बी’ का लागि न्युनतम ५० हजार र अधिकतम ७० हजार कायम गरिएको छ ।

एनभीएलका लागि एक टोलीमा मार्की खेलाडीसहित १२ खेलाडी हुनेछन् । ७ खेलाडी अक्सनबाट भित्रिँदा ३ जना विदेशी खेलाडी अनुबन्ध हुनेछन् । एउटा खेलाडी ट्यालेन्ट हन्टबाट भित्राउनेछन् ।

६ वटै टोलीले मार्की प्लेयर सार्वजनिक गरिसकेका छन् । सगरमाथा स्म्यासर्सको हरिहजुर थापा, मधेश वारियर्सको रविन नगरकोटी, काठमाडौं रेड्सको सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्सको हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज र खप्तड फाल्कन्सको धिरज बस्नेत मार्की प्लेयरको रुपमा छन् ।

केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुने तालिका छ ।

नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय