News Summary
Generated by OK AI. Editorially reviewed.- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुँदै लगातार चौथो हार व्यहोर्न बाध्य भएको छ।
- पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो र तेस्रो सेट जिते पनि अन्ततः बंगलादेशसँग १५–११ ले निर्णायक सेट गुमाउन पुग्यो।
- प्रतियोगितामा यसअघि नै कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजित भइसकेको नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।
१० साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो ।
नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार बेहोर्दै बंगलादेशले खेललाई बराबरीमा ल्यायो ।
तेस्रो सेटमा नेपालले पुनः राम्रो प्रदर्शन गर्दै २५–२१ को जित निकाल्यो । त्यसपछि चौथो सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि नेपाल २५–२३ ले पराजित भयो र खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो ।
निर्णायक पाँचौं सेटमा बंगलादेशले १५–११ को जित निकाल्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्यो ।
नेपाल यसअघि कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजित भएको थियो ।
नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि सोमबार उज्बेकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया 4