+
+
Shares

गोरखामा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा संग्रहालयमा हनुमानढोका दरबार संग्रहालयको आयोजनामा विश्व सम्पदा सूचीका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी शुरू भएको छ ।
  • एक हप्तासम्म चल्ने प्रदर्शनीमा काठमाडौँ, गोरखा र कपिलवस्तुका ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका ५० भन्दा बढी फोटोहरू राखिएका छन् ।
  • हनुमानढोका दरबार संग्रहालयका प्रमुख काजीमान प्याकुरेलले ऐतिहासिक फोटो प्रदर्शनीले काठमाडौँ र गोरखाको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने बताए ।

१६ जेठ, गोरखा । गोरखामा विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरवार संग्रहालयको आयोजना तथा गोरखा संग्रहालयको सहआयोजनामा शनिबारबाट प्रदर्शनी सुरु भएको हो ।

गोरखा संग्रहालय परिसरमा भएको प्रदर्शनीमा विश्व सम्पदा सूचीमा समावेश भएका र सम्भावित रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूको फोटो राखिएको हुनमानढोका दरबार संग्रहालय प्रमुख काजीमान प्याकुरेलले बताए ।

‘हनुमानढोका दरवारका केही दुर्लभ फोटोहरू, विश्व सम्पदा सूचीमा समावेश भएका काठमाडौंका पुरातात्विक र धार्मिक महत्वका स्थान र गोरखा, कपिलवस्तु लगायतका सम्पदा सूचिका सम्भावित स्थानहरूको फोटो प्रदर्शनका लागि राखेका छौ,’ उनले भने ।

संग्रहालय र विश्व सम्पदाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विगत केही बर्षदेखि यस्ता कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । जिल्लामा भएको प्रदर्शनीले गोरखा काठमाडौंसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा समेत उनको छ ।

‘गोरखा र काठमाडौंको सम्वन्ध पृथ्वीनारायण शाहभन्दा पनि अघि देखिको हो । लिच्छिवी कालदेखि नै यो सम्बन्ध पाइन्छ,’ उनले भने, ‘सांस्कृतिक सम्बन्धलाई नबिग्रने गरी हिजो टुटे फुटेका इतिहासका शृंखलालाई जोड्ने प्रयास पनि हो ।’

प्रदर्शनी एक हप्तासम्म चल्ने बताइएको छ । ५० भन्दा बढी फोटो प्रदर्शनीका लागि राखिएको गोरखा संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए । पर्यटन प्रवर्द्धनमा समेत यसले सहयोग पुग्ने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?