+
+
Shares

जनता माविमा पूर्वविद्यार्थीले स्थापना गरिदिए ३० लाखको अक्षय कोष

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १३:१०

१६ जेठ, लन्डन । नवलपुर जिल्लास्थित जनता मावि, मङ्गलचौर अरुणखोलाका पूर्वविद्यार्थीले विद्यालयमा तीस लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका छन् ।

आफू अध्ययन गरेको विद्यालयप्रति सम्मान र भावनात्मक सम्बन्ध प्रगाढ एवं भविष्यसम्म जीवन्त राख्ने उद्देश्यका साथ कोष स्थापना गरिएको अक्षय कोष स्थापना संयोजक तथा पूर्वविद्यार्थी ज्ञानेन्द्र आलेले बताए । बेलायतवासी आले एनआरएनए यूके पूर्वसचिव हुन् ।

विद्यालयमा अध्ययन गर्न गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा विधालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु कोषको मुख्य उद्देश्य हुने आलेले बताए ।

उनले प्रत्येक आर्थिक वर्ष कोषको मूलधनबाट आउने ब्याजको ८० प्रतिशत उल्लेखित उद्देश्यमा खर्च गरिने र बाँकी २० प्रतिशत पुन मूलधनमा जोडिने बताए ।

यस सन्दर्भमा हालै विद्यालय व्यवस्थापनका पदाधिकारी, वडा प्रतिनिधि, पूर्व विद्यार्थीहरूको विभिन्न समूहका प्रतिनिधि, समाजसेवी शिक्षाप्रेमीको विशेष उपस्थितिमा विद्यालयको तर्फबाट विद्यालयका प्रधानध्यापक चन्द्रबहादुर फालमगर तथा दाताहरूको प्रतिनिधित्व गरी एकीकृत अक्षय कोष परिचालन समितिका अध्यक्ष रामप्रसाद अधिकारी (रविन) ले एक करारनामा पत्रमा हस्ताक्षर गरेका छन् ।

उल्लेखित अक्षय कोषमा २०४९ साल विद्यार्थी समूहबाट ९ लाख ३४ हजार, २०५४ विद्यार्थी समूह २ लाख ३३ हजार ८७५ रुपैयाँ, २०३७ विधार्थी समूहबाट एक लाख ९२ हजार १७६ रुपैयाँ, २०५५ विद्यार्थी समूहबाट ५ लाख २ हजार ५५, पूर्वविद्यार्थी जयलाल भण्डारीबाट तीन लाख, पूर्वविद्यार्थी मनमाया पंगेनीले एक लाख, पूर्वविद्यार्थी मेघराज पाण्डेबाट ५० हजार १०५, भरत वस्तीले ५१ हजार, समाजसेवी नीलकमल श्रेष्ठले २० हजार, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानबाट ३ लाखसहित विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वहरूले आर्थिक सहयोग गरेका थिए ।

उनीहरूले आगामी दिनमा पनि विभिन्न अभियानमार्फत आर्थिक संकलन गरी कोष अभिवृद्धि गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?