+

एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

२०८३ जेठ  १६ गते १३:०५ २०८३ जेठ १६ गते १३:०५
एसियन गेम्स छनोट : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले मलेसियासामु जितका लागि १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान इन्दु बर्माको अविजित ४६ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनायो ।
  • यस खेलमा विजयी भए नेपाल एसियन गेम्समा छनोट हुनेछ भने थाइल्यान्ड यसअघि नै फाइनल पुग्दै छनोट भइसकेको छ ।

१६ जेठ, काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियालाई १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको हो ।

कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाएर अविजित रहिन् । कविता कुँवरले १५ बलमा ३३ रन बनाइन् । १८ ओभरमा ९२-५ को अवस्थामा रहेको नेपालले अन्तिम २ ओभरमा ३४ रन जोड्‍यो ।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ तथा आइसा एलिसा र माहिरा इजातीले १-१ विकेट लिए ।

यो खेल जितेमा नेपाल एसियन गेम्समा छनोट हुनेछ । अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ र एसियन गेम्समा पनि छनोट भएको छ ।

नेपाल पराजित भएमा पनि तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराएमा एसियन गेम्समा पुग्न सक्छ ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय