+

तेन्जिङ हिलारी एभरेस्ट म्याराथन : आफ्नै कीर्तिमान सुधार गर्दै मनकुमार च्याम्पियन

२०८३ जेठ  १६ गते ९:४६ २०८३ जेठ १६ गते ९:४६
तेन्जिङ हिलारी एभरेस्ट म्याराथन : आफ्नै कीर्तिमान सुधार गर्दै मनकुमार च्याम्पियन

१६ जेठ, काठमाडौं । नेपाली अल्ट्रा ट्रेल धावक मनकुमार रोका मगरले आफ्नै समयमा सुधार गर्दै तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२६ मा अल्ट्रा म्याराथनतर्फको उपाधि जितेका छन् ।

७२ किमीको अल्ट्रा म्याराथनमा उनले ७ घण्टा ३७ मिनेट ०८ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि गतवर्ष उनले ८ घण्टा ७ मिनेटमा दौड पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

सन् १९५३ मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्ग शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको अवसरमा तेन्जिङ हिलारी म्याराथन आयोजना हुँदै आएको छ ।

मनकुमारले पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनहरुमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले केही समयअघि युटिएमबी वर्ल्ड सिरिज अन्तर्रागत थाइल्यान्डमा भएको अमाजिन जंगल थाइल्यान्ड बाई युटिएमबीमा ९१ किमीतर्फ दोस्रो स्थान हासिल गरेका थिए ।

यस्तै मिलन कुलुङले ८ घण्टा १ मिनेट ११ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए भने जंगविर कुलुङ ८ घण्टा २२ मिनेट २५ सेकेण्डसमय सहित तेस्रो भए ।

यसैगरी ४२ किमी म्याराथनतर्फ रेमश लिम्बु पहिलो भए भने अर्जुल कुलुङ राई दोस्रो र सुमन कुलुङ तेस्रो भए ।

४२ किमी म्यारथनको महिलातर्फ लाक्पा निमा शेर्पा ४ घण्टा ३४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै विजेता बनिन् । दिलकला कुलुङ दोस्रो र आङ दामी शेर्पा तेस्रो भए । दिल कलाले ५ घण्टा ३२ मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दा आङ दामीले ६ घण्टा २१ मिनेट ४४ सेकेण्ड समय लगाइन् ।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथन मनकुमार रोका मगर म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय