+

लखनउ आईपीएलको अन्तिम स्थानमा रहेपछि ऋषभले छाडे कप्तानी

२०८३ जेठ  १५ गते १९:०८ २०८३ जेठ १५ गते १९:०८
लखनउ आईपीएलको अन्तिम स्थानमा रहेपछि ऋषभले छाडे कप्तानी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्स अंक तालिकाको पुछारमा रहेपछि कप्तान ऋषभ पन्तले पदबाट राजीनामा दिएका छन् ।
  • पन्तको राजीनामा स्वीकृत गर्दै लखनउले भन्यो, “ऋषभले यो अनुरोधको साथ फ्रेन्चाइजलाई सम्पर्क गरे र हामीले यसलाई सम्मानपूर्वक स्वीकार गरेका छौं ।”
  • कीर्तिमानी २७ करोड रुपैयाँमा अनुबन्ध भएका पन्तको कप्तानीमा लखनउले दुई सिजनमा १० खेलमा जित र १८ खेलमा हार बेहोरेको थियो ।

१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्स अंक तालिकाको पुछारमा रहेपछि ऋषभ पन्तले कप्तान पदबाट राजीनामा दिएका छन् ।

पन्तले शुक्रबार आफ्नो निर्णयको बारेमा फ्रेन्चाइजलाई जानकारी गराएको लखनउले सामाजिक सञ्जालमार्फत बताएको छ । ‘ऋषभले यो अनुरोधको साथ फ्रेन्चाइजलाई सम्पर्क गरे र हामीले यसलाई सम्मानपूर्वक स्वीकार गरेका छौं’ क्रिकेट डिरेक्टर टम मूडीसहित क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन् । कप्तानको रूपमा ऋषभले यस ड्रेसिङ रुममा ल्याएको सबै कुराको लागि हामी आभारी छौं ।’

आईपीएल २०२६ मा १४ मध्ये ४ खेलमा मात्रै जित निकाएको लखनउ अंकतालिकाको पुछारमा रहँदै सिजन सकाएको थियो । गत संस्करण कीर्तिमानी २७ करोड रकममा लखनउमा अनुबन्ध भएका पन्तले २०२५ र २०२६ को सिजनमा लखनउको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानीमा लखनउले १० खेलमा जित र १८ खेलमा हार बेहोर्‍यो । अघिल्लो सिजनमा सातौं र अहिलेको सिजनमा अन्तिम स्थानमा रहेको थियो ।

पन्तको पनि दुवै सिजनमा कमजोर प्रदर्शन भयो । उनले २०२५ को सिजनमा २६९ र अहिलेको सिजनमा ३१२ रन बनाए ।

ऋषभ पन्त रिषभ पन्त लखनउ सुवर जायन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय