+

गिलको शानदार शतक मद्दतमा गुजरात आईपीएलको फाइनलमा

२०८३ जेठ  १५ गते २३:४४ २०८३ जेठ १५ गते २३:४४
गिलको शानदार शतक मद्दतमा गुजरात आईपीएलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्स राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
  • गुजरातका कप्तान शुभमन गिलले ५३ बलमा १०४ रनको शतकीय इनिङ खेल्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण योगदान गरे ।
  • उपाधिका लागि गुजरातले आगामी आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्नेछ ।

१५ जेठ, काठमाडौं । कप्तान शुभमन गिलको शानदार शतक मद्दतमा गुजरात टाइटन्स आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्‍वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो ।

राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले ८ बल बाँकी छँदा ३ विकेटको क्षतिमा भेटायो । गिलले ५३ बलमा १०४ रनको शानदार इनिङ खेले । साइ सुदर्शनले ३२ बलमा ५८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १६७ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि ब्रिजेश शर्मा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले एक-एक विकेट लिए । ब्रिजेशको बलमा साइ सुदर्शन हिट विकेट आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । वैभव सूर्यवंशीले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८ चौका र ७ छक्कासहित ९६ रन बनाए । यसअघिको खेलमा पनि ९७ रनमा आउट भएका उनी आजपनि शतकबाट चुके ।

रविन्द्र जडेजाले अविजित ४५ रन बनाए भने डोनोभन फेरेरा ११ बलमा ३८ रनको क्यामिओ खेलेर नटआउट रहे । फेरेराले अन्तिम ओभरमा राशिद खानलाई ४ छक्का प्रहार गर्दा राजस्थानले २७ रन जोडेको थियो ।

गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिए । मोहम्मद सिराज र जेसन होल्डरले १-१ विकेट लिए ।

गुजरातले उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । फाइनल खेल आइतबार गुजरातकै घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात पहिलो क्‍वालिफायरमा बेंगलुरुसँग पराजित भएको थियो । राजस्थानले भने सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

आईपीएल क्रिकेट गुजरात टाइटन्स राजस्थान रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय