+
+
WC Series
चितवन राइनोज 2025
28/3 (5.6)
VS
८४ बलमा ११४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

निर्विरोध एमाले महाधिवेशन प्रतिनिधि चयन भए पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन्।
  • अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन्।
  • महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन्।

१२ मंसिर, म्याग्दी । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी राजनीतिबाट विदा लिएका पौडेल अहिले नेतृत्व परिवर्तनको पक्षमा वकालत गरिरहेका छन् ।

म्याग्दीबाट महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन् । खुला तर्फ भने छलफल जारी छ ।

यही मंसिर अन्तिम साता हुने महाधिवेशनका लागि सर्वसम्मति नभएका क्षेत्रहरुमा भोलि मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?