+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

एमाले महाधिवेशनका लागि बने ११ वटा उपसमिति, कुनमा को ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २१:२४

४ मंसिर, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन, प्रचार, मञ्च व्यवस्थापन, स्वास्थ्य र आर्थिक उपसमितिहरू बनाइएको हो ।

प्रत्येक समितिमा एक जना संयोजक र एक जना सचिव तोकिएका छन् ।

कुन समितिमा को को ?

१) प्रतिनिधि व्यवस्थापन समिति

 संयोजक: काशीनाथ अधिकारी

 सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

 संयोजक: प्रदीप ज्ञवाली

 सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

 संयोजक: छविलाल विश्वकर्मा

 सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

 संयोजक: लेखाराज भट्ट

 सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

 संयोजक: गोकर्ण विष्ट

 सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

 संयोजक: रघुवीर महासेठ

 सचिव: महेश बर्तौला

७) स्वयंसेवक परिचालन समिति

 संयोजक: भानुभक्त ढकाल

 सचिव: विनोद पाण्डे

८) प्रचार समिति

 संयोजक: पद्मा अर्याल

 सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

 संयोजक: विनोद श्रेष्ठ

 सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

 संयोजक: कृष्ण गोपाल श्रेष्ठ

 सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

संयोजक: विष्णु रिमाल

सचिव: विना श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?