+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

बढ्ने भए एमाले महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २२:१४

४ मंसिर, काठमाडौ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मापदण्ड संशोधन गर्दै कार्यकर्ताहरूबाट चयन भएर आउने प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो ।

यसअघि एमालेले १२ सय सदस्यलाई आधार मानेर ४ जना प्रतिनिधि चयन गर्ने र थप ८ सय सदस्य बराबर एक जना प्रतिनिधि थप्दै लैजाने निर्णय गरेको थियो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार संशोधित मापदण्ड बमोजिम अब शेष संख्या ५० प्रतिशत कटे थप एक जना प्रतिनिधि बढी आउनेछन् ।

‘शेषमा ५० प्रतिशत कटेको छ भने थप एक प्रतिनिधि पाउने भयो,’ बैठक पछि ज्ञवालीले भने, ‘मानौं– १२ सयसम्म हाम्रो थ्रेसहोल्ड भयो । थप ८ सय भएपछि थप एक जना प्रतिनिधि भनेका थियौं । तर अब १६०१ एक भए पनि थप एक जना पाउनेगरी निर्णय गरेका छौ ।’

एमालेले प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीबाट पनि दुई महिला सहित ५/५ जना प्रतिनिधि थप गर्ने निर्णय गरेको छ ।

यस्तै, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गत एघार वटा विशेष जिल्ला कमिटीबाट पनि एक जना प्रतिनिधि ४० वर्ष मुनिका युवा चयन हुने भएको छ ।

एमालेका प्रतिनिधि चयन मापदण्डले कार्यकर्ताको सर्वोच्चतालाई अवमूल्यन गरेके रिर्पोट अनलाइनखबरमा प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?