+
+
Shares

स्याङ्जाका २ क्षेत्रमा २८ जनाको उम्मेदवारी

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ माघ ७ गते १५:३५

७ माघ, स्याङ्जा । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १३ र २ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्याङ्जा-१ मा राजनीतिक दलबाट ११ जना र दुई जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराए ।

यो क्षेत्रमा नेकपा एमालेबाट पुतलीबजार नगरपालिका–९ का मीनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुतलीबजार–५ का डा. धनञ्जय रेग्मी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट अर्जुनचौपारी गाउँपालिका–५ का शैलेन्द्र घिमिरे उम्मेदवार बनेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुतलीबजार–८ का हुकुमबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट बिरुवा–२ का यामबहादुर गुरुङ, नेसनल रिपब्लिक नेपालबाट फेदीखोला गाउँपालिका–२ का अर्जुनकुमार गुरुङ र उज्यालो नेपाल पार्टीबाट कास्की पोखरा महानगरपालिका–२५ का रविन्द्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट पुतलीबजार–२ का सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट फेदीखोला–४ का रनबहादुर विश्वकर्मा र श्रम संस्कृति पार्टीबाट वालिङ नगरपालिका–४ का पिरन गुरुङ पनि प्रतिस्पर्धामा छन् ।

स्वतन्त्रतर्फ आँधीखोला–२ का मनोज नेपाली दर्जी र अर्जुनचौपारी–१ का अशोक विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, स्याङ्जा-२ बाट ११ जना राजनीतिक दलका र चार जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा नेकपा एमालेबाट कालीगण्डकी गाउँपालिका–५ का खिमबहादुर थापा, नेपाली कांग्रेसबाट चापाकोट नगरपालिका–५ का भागवतप्रकाश मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वालिङ नगरपालिका–१४ का झविलाल डुम्रे उम्मेदवार बनेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कालीगण्डकी–४ का पदमबहादुर विकले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वालिङ–१३ का रविन पाठक, मंगोल नेसनल अर्गनाइजेसनबाट चापाकोट–९ का खर्कबहादुर थापा, नेसनल रिपब्लिक नेपालबाट वालिङ–१० का तेजबहादुर थापा र राष्ट्रिय जनमुक्ति पार्टीबाट कालीगण्डकी–४ का हरिदेव थापा उम्मेदवार छन् ।

जय मातृभूमि पार्टीबाट चापाकोट–३ का धनबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वालिङ–१ का टीकाराम रेग्मी र राष्ट्रिय जनमोर्चा पार्टीबाट वालिङ–१० का राजेन्द्रप्रसाद गैरेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा चापाकोट–२ का सागर थापा मगर, वालिङ–९ का दिलिप श्रेष्ठ, वालिङ–१४ का खिमबहादुर क्षेत्री र कालीगण्डकी–४ का घनश्याम पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार सबैले कानुनी प्रक्रिया पूरा गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि अधिकांश उम्मेदवारले देश र जनताको हितलाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रतिक्रिया दिएका छन् ।

दर्ताका क्रममा ठूला दलका उम्मेदवार बाजागाजा र समर्थकसहित कार्यालय पुगेका थिए भने साना दल र स्वतन्त्र उम्मेदवार सीमित प्रस्तावक–समर्थकसहित शान्त रूपमा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?