+
+
Shares

रौतहटमा १४३ जनाको मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १३:३४

७ माघ, रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहटको चार वटा निर्वाचन क्षेत्रमा कुल १ सय ४३ जनाले उम्मेदवारी दिएको रौतहटका मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले बताए ।

रौतहट क्षेत्र नं. १ मा ३९ जनाले मंगलवार मनोनयन दर्ता गराएका छन् । जसमध्ये ३६ पुरुष र ३ महिला छन् ।

यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन । रौतहट नेता नेपालको गृह जिल्ला पनि हो ।

यसै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट पूर्वमन्त्री अनिल झाको उम्मेदवारी परेको छ । लामो समय मधेशवादी दलको नेतृत्व गरेका झालाई यस पटक कांग्रेसले आफ्नो उम्मेदवार बनाएको छ ।

रास्वपाबाट राजेश चौधरी, आम जनता पार्टीबाट त्रिभुवन साहले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं. २ बाट २६ जनाले मनोनयन दर्ता गर्दा एक जना पनि महिला उम्मेदवार छैनन् । यस क्षेत्रमा कांग्रेसबाट पूर्वमन्त्री आफताब आलमका छोरा फिर्दोस आलमले मनोनयन दर्ता गराएका छन् । पूर्वसासंद किरण साहले भने नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेको तर्फबाट महमद अतिउल्लाहले उमेदवारी दिएका छन् ।

क्षेत्र नं. ३ मा ४१ जनाको मनोनयन दर्ता भएको छ । जसमा ३८ पुरुष र ३ महिला छन् । मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेका कुन्दन कुशवाह, जनता समाजवादी पार्टीका गोविन्द चौधरी, कांग्रेसका रामकृपाल यादव, रास्वपाका रविन्द्र पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं. ४ मा ३० जना पुरुष र ७ महिला गरी ३७ जनाले उमेदवारी दर्ता गराएका छन् । एमालेका रामजी साह, कांग्रेसका देवप्रसाद तिमलसिना, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, आम जनता पार्टीका तर्फबाट पत्रकार ऋृषि धमला, रास्पपाका गणेश पौडेल, जसपाका राजकुमार दास, प्रलोपाका सत्यनारायण भगत लगायतकाले मनोनयन दर्ता गराएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?