+
+
Shares

स्तरोन्नतिपछि यस्तो देखियो बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड

रासस रासस
२०८२ मंसिर १६ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत १९ वर्षपछि २६ किलोमिटर सडक कालोपत्र गरिएको छ।
  • नागढुङ्गा–कैकुखोला खण्डको ११ किलोमिटर सडक रु ६३ करोडमा कालोपत्र र ढलान गरिएको छ।
  • राहुघाट, बेगखोला, महभिर र पोखरेबगरमा पुल निर्माण र बेलिब्रिज जडान गरिएको छ।

१६ मंसिर, म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।

उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ ।

त्यसैगरी,राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?