+
+
Shares

यी हुन् कास्कीमा कांग्रेसले छानेका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ८:४०

६ माघ, पोखरा । नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा मधु बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई टिकट दिएको हो ।

पछिल्लो परिस्थितिमा कांग्रेसबाट टिकट कसले पाउला भन्ने चासोका साथ हेरिएको थियो । शेरबहादुर देउवा समूहलाई समेत समावेश गरेर ढिला गरी उम्मेदवार टुंग्याएको छ ।

क्षेत्र नम्बर १ मा पूर्व सभापति कृष्ण केसी अन्तिमसम्म टिकटका लागि सक्रिय रहे पनि कांग्रेसले रानाभाटलाई अघि सारेको हो । केसीलाई कास्की १ को बलियो उम्मेदवारका रूपमा हेरिएको थियो ।

क्षेत्र नम्बर २ मा कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गराउन नेतृत्व गरेका देवराज चालिसे लोकप्रिय रहे पनि उनको सहमतिमा मधु बास्तोलाले टिकट पाए ।

राजनीतिक रूपमा निकै चासोको क्षेत्र मानिने कास्की–२ मा यसअघि एमालेका रवीन्द्र अधिकारीले तीनपटक जित हासिल गरेका थिए । उनको निधनपछि उनकी पत्नी विद्या भट्टराई २ पटक विजयी भएकी थिइन् ।

विषेश महाधिवेशन गराउन भूमिका खेल्दै केन्द्रीय सदस्य हुँदै प्रवक्तासमेत पाएका चालिसेले नै यसपटक कास्की २ मा मधुलाई अघि सारेका हुन् । मधु कांग्रेस गण्डकीको प्रवक्तासमेत हुन् ।

कास्की–३ मा देउवा समूहका मनोज गुरुङ उम्मेदवार छन् । उनी देउवा समूहका हुन् । तरूण दलको नेता हुँदै पार्टी राजनीति गरिरहेका मनोज यसअघि पनि आकांक्षी थिए । त्यो बेला गठबन्धनमा माओवादीले टिकट  पाएको थियो ।

यसअघिको निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रमा एमाले विजयी भएको पृष्ठभूमिमा यसपटक कांग्रेसको उम्मेदवार चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?