+
+
Shares

गण्डकीमा सकियो मतदान, खस्यो २२३ मत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १५:३२

११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतबार भएको मतदान सकिएको छ ।

आगामी २० फागुनदेखि राष्ट्रिय सभामा रिक्त हुने १७ पदका लागि सातै प्रदेशमा आइतबार निर्वाचन भएको हो ।

आइतबार ३ बजे सकिएको मतदानमा कुल २२३ जनाले मत दिएका छन् । प्रदेशतर्फ ५७ र पालिकातर्फ १६६ जनाले गरी २२३ जनाले मतदान गरेका हुन् ।

पालिका तर्फ १०२ जना पुरुष र ६४ जना महिलाले मतदान गरेका हुन् भने प्रदेशतर्फ ५९ पुरुष र २० महिला गरी ५७ जनाले मत दिएका हुन् ।

स्थानीय तहबाट ३ जना र प्रदेश तर्फबाट २ जनाले मत हालेनन् ।

स्थानीय तहमा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । यसैगरी वालिङ नगरपालिकाकी उपमेयर कविता तिवारी विदेश भएका कारण उनी पनि अनुपस्थित भइन् ।

प्रदेशतर्फ राप्रपाका २ सांसद मतदानका सहभागी भएनन् ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट दुई पदका लागि ६ जना प्रतिस्पर्धामा छन् । महिलाबाट ३ र अन्य क्लस्टरमा ३ गरी ६ जनाको उम्मेदवारी परेको छ ।

गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन रहेकोले दुवै सिट जित्ने निश्चित जस्तै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?