News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘कुमारी’ ले भृकुटीमण्डपमा हजारौं दर्शकको सहभागितामा खुला कन्सर्ट गरेको छ।
- फिल्मको ट्रेलर कन्सर्टमै सार्वजनिक गरिएको छ र निर्देशक दिनेश राउतले यो सपना पूरा भएको बताए।
- कन्सर्टमा केहरसिंह लिम्बु र अन्य चर्चित ब्यान्डले प्रस्तुति दिएका थिए र फिल्म २३ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । फिल्म ‘कुमारी’ ले भृकुटीमण्डपमा हजारौं दर्शकको सहभागितामा प्रवद्र्धन कन्सर्ट गरेको छ । यो खुला कन्सर्टमा दर्शकको बाक्लो सहभागिता रहेको प्रेषित फोटो र भिडियोमा देखिएको छ ।
सोही अवसरमा फिल्मको ट्रेलर पनि सार्वजनिक गरियो । खुला आकाशमुनि हजारौँ दर्शकलाई साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनुलाई आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले दिए ।
यति धेरै संख्यामा देखिएको दर्शकको उत्साह फिल्म हलसम्म पनि पुग्ने आशा उनले व्यक्त गरे । राउतले भनेजस्तै फिल्मले कन्सर्टमा देखिएको दर्शकको सहभागितालाई अब हलमा हेर्न चाहेको छ ।
कन्सर्टमा केहरसिंह लिम्बु र उनको सांगीतिक समूह ‘केहर एन्ड द लुङा’ ले फिल्म र ब्यान्डका हिट गीतमा प्रस्तुति दियो । साथै, अन्य चर्चित ब्यान्डहरू ‘इस्त्रीज’ र ‘त्रिजा प्रधान एन्ड द टुकुचा’ ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए ।
समग्रमा उक्त कार्यक्रम साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनजस्तो देखियो । कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काले गीतमा झुम्दै दर्शकलाई हलमा गएर फिल्म हेर्न आग्रह गरे । ‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।



प्रतिक्रिया 4