News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कुमारी' को ट्रेलर युट्युबमा रिलिज भएको छ र २३ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।
- निर्देशक दिनेश राउतले प्रेमकथामा आफ्नो कमब्याक गर्दै दुई मुख्य पात्रबीचको सामाजिक अवरोध चित्रण गरेका छन्।
- ट्रेलरमा अभिषेक खड्का, आकृति राजभण्डारी लगायतका कलाकारको न्यायपूर्ण अभिनय देख्न सकिन्छ।
काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् ।
३ मिनेट २३ सेकेन्ड रनटाइमको ट्रेलर युट्युबमा रिलिज भएको छ । शनिबार बेलुका भृकुटीमण्डमा आयोजित फिल्मको भब्य कन्सर्टमा ट्रेलर पनि सार्वजनिक गरियो ।
ट्रेलरले फिल्मको कथावस्तु, द्वन्द्व र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दुई मुख्य पात्रबीचको उतारचढावपूर्ण प्रेम, पारिवारिक र सामाजिक अवरोधको कथालाई निर्देशन दिनेश राउतले मर्मस्पर्शी ढंगले चित्रण गरेका छन् ।
डेब्यू कलाकार अभिषेक खड्का हुन् या आकृति राजभण्डारी, दुबैले आफ्नो भूमिकामा न्यायपूर्ण अभिनय गरेका छन् । ट्रेलरमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मानशा शर्माले अभिनय गरेका छन् ।
केहरसिंह लिम्बुले कम्पोज गरेका फिल्मका गीतहरू अहिले हिट छन् । गीतले कथावस्तुलाई न्याय गरेको देखिन्छ । रिल्स होस् या टिकटक, फिल्मका गीतमाथि हजारौं भिडियो बनेको छ ।
निर्देशक दिनेश राउत ‘कुमारी’ मार्फत आफ्नो मूल जनरामा फर्किएका छन् । प्रेमकथामा राउतको निर्देशकीय कमब्याक पनि यो फिल्म हेर्नुपर्ने एउटा सर्त हुनसक्छ, त्यसको संकेत ट्रेलरले गरिसकेको छ ।
‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4