११ माघ, काठमाडौं । भक्तपुर र चितवनमा गरी दुई जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित डोके खोलामा पहिचान खुल्न नसकेका एक व्यक्ति मृत फेला परेका हुन् । अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेको हो ।
यसैगरी चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित गुप्तेश्वरी महादेव मन्दिर नजिकै पहिचान खुल्न नसकेका ३५ वर्षीय पुरुष मृत फेला परेको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4