News Summary
Generated by OK AI. Editorially reviewed.- मुलुकका ६ सहरमा १ देखि २३ माघसम्म ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ।
- फिल्म ‘कुमारी’ को संगीत प्रवर्धनका लागि ‘केहर एन्ड द लुङा’ ले दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा टूर गर्नेछन्।
- फिल्म ‘कुमारी’ २३ माघदेखि प्रदर्शनमा आउँदैछ र यसमा आकृति राजभण्डारी र अभिषेक खड्काले मुख्य भूमिका निभाएका छन्।
काठमाडौं । मुलुकका ६ सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कुमारी’ को प्रवर्धनको लागि ‘केहर एन्ड द लुङा’ ले टूर गर्न लागेको हो ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म संगीतमार्फत दर्शकसँग जोडिन चाहेको हो । यो फिल्म पनि ‘म्युजिकल लभस्टोरी’ जनरामा आधारित छ ।
१ देखि २३ माघसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा टूरको तालिका तय छ । यी सबै कन्सर्टमा पाश्र्वगायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले आफ्नो लाइभ प्रस्तुति दिनेछ ।
केहर र उनको ब्यान्ड युवापुस्तामाझ अत्यन्त लोकप्रिय छ । यसअघि दुई गीतहरू ‘कता छौ’ र ‘तिमी बिना’ सार्वजनिक भैसकेका छन् । कन्सर्ट सुरु हुनु अगावै लोकलयमा आधारित अर्को गीत पनि सार्वजनिक गर्ने तयारीमा फिल्म छ ।
फिल्मका सबै गीत कम्पोजको जिम्मा गायक लिम्बुले नै लिएका थिए ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ प्रणय दिवसको छेकोमा प्रदर्शन तयारीमा छ ।
आकृति राजभण्डारी र डेब्यू एक्टर अभिषेक खड्काले शीर्ष भूमिकामा अभिनय गरेका छन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्माको पनि अभिनय छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा फिल्म निर्माण भएको हो । ‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4