News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म 'कुमारी' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्।
- चलचित्रको नयाँ गीत 'तिमी बिना' पुस ३ गते सार्वजनिक गरिने र यो गीत गायक केहरसिंह लिम्बु र उनको ब्यान्डको स्वरमा रहेको छ।
- दिनेश राउत निर्देशित फिल्म 'कुमारी' भ्यालेन्टाइन्स डेको आसपास रिलिज हुने र विशेष गरी युवा दर्शकलाई लक्षित गरिएको छ।
काठमाडौं । २३ माघदेखि रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् ।
अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ ।
पोस्टर सार्वजनिक गरेसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना’ को रिलिज मिति पनि घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते सार्वजनिक गरिने भएको छ ।
यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल’ को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ । गायक केहरसिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेष गरी ‘जेन-जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
दिनेश राउत निर्देशित यो फिल्म भ्यालेन्टाइन्स डेको आसपास रिलिज हुने भएकाले फिल्मले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ ।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायतको पनि अभिनय छ ।
‘आइएम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथाका फिल्मबाट चिनिएका निर्देशक राउत पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’ मार्फत पुनः प्रेमकथामा फर्किएका हुन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा फिल्म निर्माण भएको हो । निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् । पटकथा विकास सुवेदीले लेखेका छन् ।
प्रतिक्रिया 4