+
+
Shares

आर्यतारा बनिन् नयाँ कुमारी, मंगलबार आसन ग्रहण

साढे दुई वर्षकी नयाँ कुमारी आर्यतारालाई मंगलबार आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदा गरिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते ७:५४
नयाँ कुमारी आर्यतारा शाक्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको छ।
  • मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने छ।
  • पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ र यो परम्परागत विधि अनुसार गरिएको छ।

१२ असोज, काठमाडौं । काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको छ ।

आर्यतारालाई मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।

शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो ।

संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो । प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ ।

कुमारीलाई जीवित देवीको रुपमा पुज्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?