+
+
Shares

जेनजी लभस्टोरी फिल्म ‘कुमारी’ को प्रदर्शन मिति तय, यस्तो छ केहरसिंहको पार्श्वगायन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'कुमारी' २३ माघदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।
  • निर्माताले पहिलो गीत 'कता छौ मेरो फूल' सोमबार सार्वजनिक गरेका छन्।
  • फिल्म रोमान्टिक ड्रामा हो र 'भ्यालेन्टाइन्स डे' को छेकोमा प्रदर्शन हुने बताइएको छ।

काठमाडौं । दिनेश राउतको आगामी निर्देशकीय फिल्म ‘कुमारी’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै यसबारे जनाएका हुन् ।

जसअनुसार, यो फिल्म रोमान्टिक ड्रामा २३ माघदेखि देशब्यापी प्रदर्शनमा आउनेछ । ‘भ्यालेन्टाइन्स डे’ को छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो ।

केहरसिंह लिम्बुको शब्द तथा आवाज रहेको गीतमा सुमन तामाङ, युवराज काफ्ले, सागर मगरका शब्द समावेश छन् । गीतको भिडियोमा अभिषेक खड्का र आकृति राजभण्डारी छन् ।

‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन् । पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन् ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर्स फ्रेमको सहकार्यमा निर्माण भएको फिल्मको लगानीकर्तामा महेन्द्र अधिकारी छन् । पटकथा विकास सुवेदीले लेखेका हुन् । छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन् । कार्यकारी निर्माता केदार भुसाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?