News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कुमारी' को दोस्रो गीत 'तिमी बिना' युट्युबमा रिलिज भएको छ जसमा केहरसिंह लिम्बुको स्वर छ।
- फिल्म 'कुमारी' प्रणय दिवसको छेकोमा रिलिज हुने भएकाले युवा दर्शकको मन जित्ने देखिन्छ।
- अभिषेक खड्काले फिल्मबाट डेब्यू गर्दैछन् र आकृति राजभण्डारी उनको अपोजिटमा छन्।
काठमाडौं । २३ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो मर्मस्पर्शी गीत ‘तिमी बिना’ युट्युबमा रिलिज भएको छ । केन्द्र मोसन पिक्चर्सको च्यानलबाट स्ट्रिमिङ भएको गीतमा युवापुस्तामा रुचाइएका केहरसिंह लिम्बुको स्वर छ ।
लिम्बु र सुमन तामाङको संगीत छ । शब्द तामाङले लेखेका हुन् । गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ ।
आकृति राजभण्डारी र अभिषेक खड्काबीचको आत्मीयता, निकटता र उत्साहपूर्ण मुडले गीतलाई जीवन्त तुल्याएको छ । यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘कता छौ मेरो फूल’ लाई पनि रुचाइएको थियो ।
दिनेश राउत निर्देशित यो फिल्म प्रणय दिवसको छेकोमा रिलिज हुने भएकाले पनि युवा दर्शकको मन जित्ने देखिन्छ । यो फिल्मबाट अभिषेक खड्काले डेब्यू गर्दैछन् ।
फिल्ममा उनको अपोजिटमा आकृति देखिएकी छन् । उनले यसअघि सुशान्त केसीको हिट गीत ‘बार्दली’ र केही फिल्ममा अभिनय गरेकी थिइन् ।
घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय छ ।
प्रतिक्रिया 4