११ माघ, धनगढी । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् ।
खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।
यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् ।
२२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए ।
कांग्रेसका प्रकाश देउवा, राप्रपाकी खेमादेवी बिष्ट,धनगढीका मेयर गाेपाल हमाल र जाेशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरीया मतदानमा सहभागी भएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4