११ माघ, दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झांक्री निर्वाचित भएकी छिन् । झांक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् ।
नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् ।
जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4