
३ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।
आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थितकार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।
उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) विज्ञ टोली घटनस्थलमा पुगेको छ । उनले अनलाइनखबरसँग भने ‘प्रारम्भिक चरणमा अपराधस्थलको संरक्षण गरेर सबुत संकलन प्रक्रिया थालिनेछ ।’
मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4