+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै जयशंकर, आजै स्वदेश फर्किने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते ७:५०

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुँदै छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

त्यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेछन् ।

बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक होटल याक एण्ड यतीमा बिहीबार पनि जारी रहन्छ ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?