+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रधानमन्त्रीले सिंगापुरबाटै मन्त्रिपरिषद बैठक बोलाउन सक्ने

भिडियोबाटै क्याबिनेट बस्न सक्ने गरी कार्यसम्पादन नियमावली संशोधन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते २०:४३

५ भदौ, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावलीमा संशोधन गरेको छ । संशोधित प्रावधानअनुसार अब प्रधानमन्त्री विदेशमा रहेका बेलामा पनि भिडियो कन्फरेन्सबाटै मन्त्रिपरिषद बैठक बस्न सक्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको उपचारका लागि विहीबार सिंगापुर गएका छन् । प्रधानमन्त्री त्यहाँको अस्पतालमा डेढ सातासम्म बस्नुपर्ने भएकाले सोही अवस्थालाई लक्षित गरेर सरकारले भिडियोमार्फत मन्त्रिपरिषद बैठक बस्न सक्ने नयाँ प्रावधान ल्याएको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री गोकुल बास्कोटाले भने, ‘नेपाल सरकार कार्य सम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेसिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरिएको छ ।’

सरकारले गरेको नयाँ व्यवस्थाअनुसार अब प्रधानमन्त्री ओलीले सिंगापुरको अस्पतालबाटै भिडियोमार्फत मन्त्रिपरिषदको बैठक आयोजना गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?