+
+
Shares

विमानस्थलबाट समातिएका चिनियाँ नागरिकलाई ६ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते २१:०६

१६ भदौ, काठमाडौं । नेपाली बैंकको एटीएम प्रणाली ह्याक गरेको प्रकरणमा आइतबार विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उच्च अदालत, पाटनले बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिन म्याद दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘आइतबार साँझ पक्राउ परेपछि सोमबार १० बजे अदालत उपस्थित गराएर अनुसन्धानका लागि म्याद मागेका थियौं ।’

उनका अनुसार दिउँसो पक्राउ परेका ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीविरुद्ध पनि अनुसन्धान गर्न ६ दिन अनुमति प्राप्त भएको छ ।

यसअघि शनिबार राति चलाइएको अपरेशनमा पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङविरुद्ध अनुसन्धान गर्न अदालतले ७ दिन अनुमति दिएको थियो ।

प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले पनि चासो देखाएको छ । दूतवासको एउटा टोली काठमाडौं प्रहरीको टेकुस्थित हिरासतमा पुगेर पक्राउ परेकासँग कुराकानी पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो समूहले १ करोड ६८ लाख रुपैयाँ नेपाली बैंकबाट चोरी गरेको थियो । त्यसमध्ये सबै बरामद भइसकेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?