Comments Add Comment

एटीएम प्रणाली ह्याक प्रकरणः चिनियाँ दूतावासको चासो

१६ भदौ, काठमाडौं । बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड चोरिएको घटनामा चिनियाँ दूतावासले चासो देखाएको छ । प्रकरणमा ६ जना चिनियाँ नागरिक पक्राउ परेपछि दूतावासले चासो देखाएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार दूतावासबाट आएको एउटा टोलीले हिरासतमा रहेका अभियुक्तलाई पनि भेटेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भने दूतावासका अधिकारीले भेट्नु सामान्य प्रकृया भएको बताउँछन् ।

उनले अनलाइनखबरसँग भने, ‘विदेशी नागरिक पक्राउ पर्न साथ हामी सम्बन्धित देशको नेपालस्थित दूतावासमा खबर गर्छौं । त्यही अनुसार भेट भयो होला ।’ स्रोतका अनुसार दूतावासबाट आएका अधिकारीले सुवेदीसँग पनि भेटेका थिए ।

टोलीले अनुसन्धानमा सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको प्रहरीसमक्ष बताएको जनाइएको छ ।

यो पनि पढ्नुहोस एउटा चाबी, जसले खोल्यो चिनियाँ ह्याकरको रहस्य

शनिबार मध्यराति चलाइएको प्रहरी अपरेशनमा चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ पक्राउ परेका थिए । पहिलो अपरेशनमा भाग्न सफल सु लुसली आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

प्रहरीले जय नेपालको होटल माया मनोहर बुटिकबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

विमानस्थलबाट पक्राउ परेका लुसलीलाई अवैध सटहीमा सहयोग गरेको अरोपमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पनि पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस स्पेनबाट भएको थियो नेपालको एटीएम ह्याक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment