Comments Add Comment

बुवाआमाले गाली गरेको भन्दै वीरगञ्जमा किशोरद्वारा झुण्डिएर आत्महत्या

१७ भदाै, काठमाडौं । पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् ।

वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment