+
+

स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १२:३४

२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

ओली ५ भदौमा उपचारका लागि सिंगापुर गएका थिए ।

उनको नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री शुक्रबार स्वेदश फर्किएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?