+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६० बलमा २१ रन आवश्यक
विराटनगर किंग्स 2025
127/2 (9.6)
Shares

प्रतिगामीलाई नछाड्ने नेकपा युवा-विद्यार्थी नेताहरुको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ४ गते १०:१६

४ असोज, काठमाडौं । प्रतिगामी तत्वहरुले टाउको उठाए चुप लागेर नबस्ने नेकपाका युवा-विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् । संविधान दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा माइतीघर मण्डलामा आयोजित शुभकामना आदान प्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले मुलुक प्रतिगमनतर्फ जान नसक्ने भन्दै प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने चेतावनी दिए । राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईले भने, ‘प्रतिगामीहरुले टाउको उठाउन खोजे युवा विद्यार्थीले त्यसको प्रतिवाद गर्नेछन् ।’

नेकपाकै अर्को केन्द्रीय सदस्य हिमाल शर्माले मसानघाटमा पुगेका भूतप्रेतहरु जाग्न थालेकोमा आक्रोश ब्यक्त गरे । शर्माले भने, ‘ठूलो वलिदानबाट प्राप्त संविधान र गणतन्त्र विरोधी धमिराहरुलाई वेलैमा ठेगान लगाउनुपर्छ ।’

अनेरास्ववियूका संयोजक ऐन महरले युवा विद्यार्थी चुप वस्दा प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै गणतन्त्र र संविधानको रक्षाको जिम्मा युवा विद्यार्थीहरुले लिने बताए ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संविधानमा नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हक कार्यान्वयनमा जुट्नुपर्ने बताए ।

पाँचौ संविधान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा आयोजित शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रममा नेकपाका युवा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, नविना लामा, अनेरास्ववियूका पूर्वअध्यक्षहरु ठाकुर गैरे, हिमाल शर्मा, रमेश मल्ल, माधव ढुंगेल, रत्न ढकाल, नेता सरोज यादव, अनिल शर्मालगायतले दीप प्रज्जवलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?