
७ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ ।
नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो ।
मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् ।
आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएको आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4