+
+

संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्रीको निर्णय अदालतद्वारा बदर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १६:०३

७ असोज, काठमाडौं । संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय त्यहाँको सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।

जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई रोक्नु गलत हुने भन्दै जोन्सोनको निर्णय अवैधानिक ठहर गरेको हो ।

सर्वोच्च अदालतककी प्रमुख लेडी हेलले ११ जना नाम नखुलाइएका न्यायाधीशको निर्णय संसद रोकिनुहुन्न र बोरिसको निर्णय बदरभागी भएको बताएकी छन् । संसद के गर्ने भन्ने विषयमा हाउस अफ कमन्स र हाउस अफ लर्डस्का प्रमुखले निर्णय गर्ने अदालतले उल्लेख गरेको छ ।

हाउस अफ कमन्सका सभामुख जोख बेर्कोले अदालतको आदेशको स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?