
अमेरिकामा रहेकी नायिका विनिता बरालले सरप्राइज भन्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । सामाजिक संजाल फेसबुकमा उनले सरप्राइज भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् ।
केही महिना अगाडि मात्र उनले अमेरिकामा नै रहेका प्रेमी तिलक पौडेलसँग बिहे गरेकी थिइन् । बिहे गरेको केही महिनापछि विनिताले सरप्राइज भन्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
उनले ‘लिटिल बिनिता’ आउँदैछिन् भनेर पनि जानकारी दिएकी छिन् । नायिका विनिता बराल चलचित्रमा अभिनय गर्दा गर्दै अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिकामा रहेका तिलकसँग केही बर्ष प्रेम सम्बन्धमा रहेकी विनिताले केही महिना अगाडि मात्र बिहे गरेकी थिइन् । चलचित्र ‘चपली हाइट’मा काम गरेपछि एकाएक चर्चामा आएकी विनिताको यसपछि अभिनय गरेका केही चलचित्र भने असफल भएका थिए ।
विनितालाई अहिले सामाजिक संजालमा बधाइको ओइरो लागेको छ ।
प्रतिक्रिया 4