+
+

ललितपुरबाट जुवातास खेल्ने ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १४:२२

१७ असोज, काठमाडौं । ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टबाट बिहीबार बिहान जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-४ झम्सीखेल स्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थमा ललितपुर महानगरपालिका-१६ मंगलबजारका ३२ वर्षीय विरबु जोशीसहित ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नगद २ लाख ६५ हजार रूपैयाँ र ९ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?