Comments Add Comment

अर्जेन्टिनाले जर्मनीलाई बराबरीमा रोक्यो

काठमाडौं । दुई गोलले पछि परेको अर्जेन्टिनाले पुनरागमन गरेको छ र जर्मनीसँग बराबरी खेलेको छ ।

बुधबार राति भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना र जर्मनीले २-२ को बराबरी खेलेका हुन् । २०१४ को विश्वकपको फाइनलमा भिडेका दुई टोलीको खेलमा जर्मनीले १५ औं मिनेटमा सर्ज गानाब्रीको गोलबाट अग्रता लियो । सात मिनेटपछि नै काई हृयाभिट्सले गोल गरे ।

तर दोस्रो हाफमा अर्जेन्टिना खेलमा फर्कियो । ६६ औं मिनेटमा लुकास आलारियोले गोल गरे भने ८५ औं मिनेटमा लुकास ओकाम्पोसले बराबरी गोल गरे । उनको यो डेब्यू खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment