Comments Add Comment

रवीन्द्र अधिकारीले घोषणा गरेका सय गन्तव्यको प्रोफाइल बन्दै

१७ असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ । तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए ।

अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित मापदण्डका आधारमा गन्तब्य छनोट गराएका थिए । पहिलो आवमै ५० करोड रुपैयाँ विनियोजन गरी सरकारले सबै तहका सरकार र निजी क्षेत्रसमेतको सहभागितमा ती गन्तब्यको पूर्वाधार विकास र प्रवर्द्धन गर्ने योजना बनाएको थियो । सोहीअनुसार ५५ वटा गन्तब्यको विस्तृत जानकारी र तस्वीरसहितको प्रोफाइल तयार भइसकेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

चालु आवमा पनि सरकारले यी १ सय गन्तब्यको विकास तथा प्रवद्र्धनमा खर्च गर्ने गरी ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । बोर्डले भने आफ्नै बजेटमा १ सय गन्तब्यको प्रोफाइल बनाइरहेको छ ।

यस वर्ष ४५ गन्तब्यको प्रोफाइल बन्ने

चालु आर्थिक वर्ष २०७६/७७ मा बोर्डले थप ४५ वटा गन्तब्यको प्रोफाइल तयार पारिसक्ने बताएको छ । सो प्रयोजनका लागि बोर्डले १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । ती गन्तब्यलाई बोर्डले प्राथमिकताका साथ प्रबर्द्धन गर्ने योजना बनाइएको छ ।

सरकारले प्रतिगन्तब्य एक आर्थिक वर्षमा ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । उक्त बजेट खर्च गर्ने जिम्मेवारी भने स्थानीय तहको हो ।

नेपालको पर्यटन लामो समयदेखि सिमित गन्तब्यमा केन्द्रित छ । यसलाई बिस्तार गर्दै हरेक जिल्लामा कम्तिमा एक नयाँ गन्तब्य स्थापित गर्ने लक्ष्यसहित सरकारले १ सय गन्तब्यको छनोट गरी विकास शुरु गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना महाशाखाका अनुसार यी गन्तब्यमा दिइएको रकम पूर्णतया पूर्वाधार विकासमा खर्च गर्नुपर्छ ।

यी हुन् १०० गन्तब्य

तिङबुङ पोखरी (ताप्लेजुङ), गूरु फाल्गुनन्द सर्किट (पाँचथर), तीनजुरै–मिल्के–जलजले (तेह्रथुम), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु), थोलेदम्बा डाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसुरी), सहलेस दरवार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही, धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र

पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट), सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी), जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी (सिन्धुली, सुनकोशी र्‍याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धपाल्चोक), कल्चेडी–झिल्केश्वर–देविघाट–भैरवी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिस हजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिर/पार्क (भक्तपुर), दहचोक (काठमाडौं),

नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ (ललितपुर), चुमभ्याली (गोरखा), काउलेपानी (घलेगाँउ), तनहुँ कालिका शहीद तथा शान्ती पार्क, सिद्धगुफा (तनहुँ), मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र (कास्की), नार्फु ट्रेल (मनाङ), लोमाङथाङ दरवार र गुफा क्षेत्र (मुस्ताङ), दूर्लुङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला (पर्वत), सतौ–चण्डीमालिका क्षेत्र, आलमदेवि (स्याङ्जा), भकुण्डे भैरवस्थान गाजाको दह, ढोर पाटन आरक्षण क्षेत्र (बागलुङ), दाउन्नेदेवि (नवलपरासी पूर्व), घोरेपानी पर्यटकीय क्षेत्र (म्याग्दी)

रामग्राम (नवलपरासी पश्चिम), बाउन्नकोटी वनबाटिका, सैनामैना पर्यटकीय क्षेत्र (रुपेन्देही), जशदिशपुर, सागरताल (कपिलवस्तु), तालपोखरा रम्भादेवि मन्दिर (तानसेन), पाँणिनी तपोभूमि (अर्घाखाँची), रेसुंगा तपोभूमि, रुरु क्षेत्र, भगवती मन्दिर पर्यटकीय क्षेत्र (गुल्मी), जलजला (रोल्पा), रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक (प्यूठान), बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र (दाङ), कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र (बाँके), ओमकेदारेश्वर धाम धार्मिक पर्यटकीय स्थल, शिवमन्दिर धार्मिक पर्यटकीय स्थल (बर्दिया), कुभिन्डेदह (सल्यान)

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र (डोल्पा), डुडुल चैत्य (जुम्ला), लिमी उपत्यका पर्यटकीय स्थल (हुम्ला), रारा से फोक्सुन्डो पदमार्ग (मुगु), पाचाल झरना (कालिकोट), खलंगा दरबार क्षेत्र (जाजरकोट), कोतगढी–पञ्चदेवल–वेलासपुर–महावु पर्यटकीय विकास (दैलेख), जाजुरा दह, गिद्देडाँडा (सुर्खेत), वोतामकोट चित्री पाटन शाहसिक पदमार्ग (रुकम पश्चिम), कोल्टी–बुढीगंगा–बढीमालिका पदमार्ग (बाजुरा), गोरखनाथ मन्दिर पैदलमार्ग (बझाङ)

बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र (डोटी), सूर्यकोट मस्तादेवि पर्यटन क्षेत्र (अछाम), मालिकार्जुन (दार्चुला), सिद्धनाथ उदयदेव धार्मिक स्थल पाटन (बैतडी), अमरगढी–उग्रतारा (डडेलधुरा), रौटेला झम्केली ब्रह्मादेवधाम धार्मिक विकास क्षेत्र (कंचनपुर), बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र, बर्दगोरिया मन्दिरधाम (कैलाली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment