Comments Add Comment

तस्वीरमा हेर्नुस् भीआईपीको दशैं

२१ असोज, काठमाडौं । हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा टीका लगाउने प्रचलन छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

तस्वीरः उपराष्ट्रपतिको सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी थिइन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिइन् ।

यो पनि पढ्नुहोस रातो टीका र जमरामा सजिएका सर्वसाधारण (फोटो फिचर)

अहिले भण्डारीले शितलनिवासमा सर्वसाधारणलाई पनि टीका लगाइदिने क्रम जारी छ ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

तस्वीरः भट्टराईको ट्वीटरबाट ।

विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।

तस्वीरः ज्ञवालीको ट्वीटरबाट ।

श्रम रोजगार मन्त्री गोकर्ण बिष्टले पनि ९ वर्षपछि गृहजिल्ला गुल्मी आएर आमा ८९ वर्षीया चिन्ताको हातबाट टीका लगाएका छन् । इस्मा गाउँपालिका–४ स्थित घरमा पुगेर मन्त्री बिष्टले टीका लगाएका हुन् ।

विभिन्न कारणले ९ वर्षपछि मात्रै आमाको हातको टीका लगाउन पाएको बताउँदै उनले आमाको आग्रह अनुसार दशैंको टीका लगाउनका लागि आएको पनि जनाए ।

तस्वीरः अनिल खत्री/गुल्मी

पर्यटनमन्त्री योगेश भट्टराईले पनि आमाको हातको टीका लगाएका छन् । त्यसपछि उनले क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट पनि टीका लगाए ।

तस्वीरः भट्टराईको ट्वीटरबाट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि दाजुभाउजुको हातकाे टीका लगाएका छन् ।

उनले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाएका हुन् । आफूले टीका ग्रहण गरे पश्चात उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।

तस्वीरः थापाको ट्वीटरबाट ।

शितल निवासका तस्वीरहरुः विकाश श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment