+
+
Shares

‘सीको भ्रमणका वेला जरूरी भए मात्र सडकमा आउनू’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १७:३६
Photo Credit : फाइल फोटो

२४ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको शनिबार हुने नेपाल भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किनु जरुरी भएसकेसम्म लिफ्ट लिएर सडकमा सवारीसाधनको संख्या कम गर्न सहयोग गर्न अनुरोध गरेका छन् । तर, जरुरी काम नभए सकेसम्म सवारीसाधन लिएर ननिस्किए ट्राफिक प्रहरीलाई सहज हुने उनले बताए ।

यसअघि विभिन्न राष्ट्रका प्रमुख वा विशिष्ट व्यक्तिको भ्रमणका क्रममा सरकारले ‘जोड–विजोड प्रणाली’ लागू गर्ने गरेको थियो । तर, सीको भ्रमणको दिन शनिबार पर्ने र आइतबार पनि सरकारले सार्वजनिक विदा दिइसकेकाले जोड–विजोड प्रणाली लगाइएको छैन ।

बरु ट्राफिक महाशाखाले ७ बुँदे अपिल सर्वसाधारण समक्ष जारी गरेको छ । ढकालले अनलाइनखबरसँग भने, ‘हामी यो अपिल सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गर्छौं ।’

उनले अपिलमा पुराना, विग्रिएका र ढिलो चल्ने सवारीसाधान नचलाइदिन पनि सर्वसाधारणलाई आग्रह गरिएको बताए । ‘मुख्य बाटो नभएर सकेसम्म भित्री बाटोको प्रयोग गर्न पनि हाम्रो सुझाव छ’, उनले भने, ‘सवारीको समयमा चाहिँ मुभमेन्ट पूर्णतः निषेध गरिनेछ ।’

उनले चिनियाँ पाहुनाको भ्रमणलाई सहयोग गर्नु आमनागरिकको कर्तव्य भएको बताउँदै भने, ‘सर्वसाधारणले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?