+
+
Shares

चाडपर्व नजिकिएसँग ट्राफिक प्रहरीले बढायो सक्रियता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:५१
फाइल तस्वीर

१२ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले सवारी अनुगमनको विषयलाई तीव्रता दिएको छ ।

चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत निकै बाक्लो हुने हुँदा यस अवधिमा बस टिकटमै कालोबजारी हुने भन्दै अनुगमन तिव्र बनाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

परिचयपत्र नभएका अनाधिकृत व्यक्तिहरूले टिकट काट्ने, बढी भाडा लिने, सिट क्षमता भन्दा बढी टिकट बिक्री गर्ने, एउटै सिटमा धेरै टिकट बिक्री गर्ने जस्ता कार्यमार्फत यात्रुहरू माथि ठगी हुन सक्ने सम्भावना रहेका भन्दै सक्रियता बढाइएको एसपी सुवेदीले बताए ।

अर्कोतर्फ तीव्र गति, ओभर लोडेड, सडकमा सवारी साधन बीच अस्वस्थ प्रतिस्पर्धा जस्ता कारणले ट्राफिक नियम उल्लंघन हुन सक्ने जोखिम पनि उत्तिकै रहन्छ ।

यीनै कुराहरूलाई मध्यनजर गरी यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौं उपत्यकाका मुख्य मुख्य स्थानहरूमा बसपार्क, चावहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलंकी, भीमढुङ्गा, साँखु लगायतका स्थानहरूमा यात्रु सहायता कक्षहरू स्थापना गरी संयुक्त रूपमा चेकजाँच तथा अनुगमन गरिने पनि उनले बताए ।

सवारी साधनको यान्त्रिक परीक्षण गरिनेछ भने प्रदुषण जाँच पनि गरिने बताइएको छ । लामो दूरीका सवारी साधनमा अनिवार्य २ वटा चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाई गरी कार्यान्वयन गरिने बताइएको छ ।

यसका अतिरिक्त चाडपर्वको समयमा मादक पदार्थको सेवन गरी सवारी साधन चलाउने प्रवृति बढ्न सक्ने भएकाले ब्रेथलाइजरको प्रयोग गरी चेकजाँच तथा अनुगमन बढाइने ट्राफिकले बताएको छ । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति गराई नागरिकलाई सडक सुरक्षाको प्रत्याभूति दिलाइने बताइएको छ ।

मठ मन्दिरहरूमा दर्शनार्थीहरूको भीडभाड हुने हुँदा उक्त स्थानहरूमा पार्किङ व्यवस्थापनमा समेत ट्राफिक प्रहरीहरू परिचालन गरिने ट्राफिक कार्यालयले बताएको छ।

सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक बिभाग, महानगर प्रहरी सङग समन्वय गरि एकीकृत रुपमा परिचालन गर्ने गरि सम्यन्त्र बनाई काम गर्न लागिएको ट्राफिकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?