Comments Add Comment

कम्प्युटरको बिक्रिमा १ प्रतिशतको वृद्धि

सन् २०१९ को तेश्रो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको बिक्रिमा १ दशमलब १ प्रतिशतको वृद्धि देखिएको छ ।

गार्टनर कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा विश्व बजारमा ६ करोड ८० लाख गोटा कम्प्युटर बिक्रि भएका छन् । सन् २०१८ को यहीँ अवधिमा ६ करोड ७० लाख गोटा कम्प्युटर बिकेका थिए ।

यो सँगै कम्प्युटर उत्पादक कम्पनीहरुको पर्सनल कम्प्युटरबाट हुने खूद मुनाफामा पनि सुधार देखिएको छ । र्याम तथा हार्ड ड्राइभ लगायतका कम्प्युटरका पाटपुर्जाको मूल्य पछिल्लो समयमा घट्दै गएकाले पनि कम्प्युटर निर्माता कम्पनीहरुको मुनाफामा वृद्धि भएको हो ।

विश्व पर्सनल कम्प्युटर बजारमा सर्वाधिक हिस्सा लेनोभो कम्पनीको रहेको छ भने दोश्रो स्थानमा एचपी र तेश्रो स्थानमा डेल रहेका छन् । त्यस्तै एसर कम्पनीको मुनाफामा पनि वृद्धि भएको छ ।

यो वर्षको तेश्रो त्रैमासिकमा पर्सनल कम्प्युटरको बिक्रिमा सर्वाधिक वृद्धिदर जापानमा देखिएको छ ।

गतवर्षको सोही अवधिमा भन्दा जापानमा सन् २०१९ को तेश्रो त्रैमासिकमा कम्प्युटरको बिक्रिमा ५५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै यो अवधिमा इन्टेल कम्पनीको सिपियू आपूर्तिमा कमी देखिँदा एएमडी र क्वालकोमले आफ्नो बजार हिस्सा बढाउने मौका पाएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment